Schedule 6
कहिल्यै नधुल्याउने कागजात

१. लालमोहर लागेको कागजात ।
२. तत्काल कायम रहेको राष्ट्रप्रमुखको हैसियतमा काम गर्ने पदाधिकारीबाट हस्ताक्षर भएको कागजात ।
३. विदेशी राष्ट्रहरू, अन्तर्राष्ट्रिय संस्था वा अन्य विदेशी संस्थास“ग भएको सन्धी, सम्झौता र तत्सम्बन्धी लेखापढी भएको महत्वपूर्ण कागजात ।
४. नेपालको समय समयको नक्सा ।
५. देशको सीमाना सम्बन्धी लेखापढी भएको कागजात ।
६. नेपालको र विदेशी राष्ट्रका प्रतिनिधिहरूको संयुक्त विज्ञप्ति ।
७. सम्बन्धित मन्त्रालयमा रहने मन्त्रिपरिषद्को निर्णयको मूल प्रति ।
८. देशको शान्ति–सुरक्षा सम्बन्धी महत्वपूर्ण कागजात ।
९. अमुद्रित ऐन, सवाल, सदन, खड्ग निशाना ।
१०. चल वा अचल सम्पत्तिका हकदैया दर्शाउने कागजात ।
११. नापी नक्साको कागजात ।
१२. कर्मचारीको सिटरोल ।
१३. नेपाल सरकार वादी वा प्रतिवादी भएको मुद्दामा वा नेपाल सरकारलाई सरोकार भएको मुद्दामा अधिकार प्राप्त अड्डा वा अदालतबाट भएको अन्तिम फैसला वा अन्तिम आदेश ।
१४. कार्यालय प्रमुखले उचित सम्झेका अरु कागजात ।
१५. नागरिकता र नागरिकहरूको मुद्दा सम्बन्धी विषयमा विदेशी राष्ट्रहरूस“ग भएको लेखापढीको कागजात ।
१६. आयोगको प्रतिवेदन ।